सेनाद्वारा मनाङ्का बिभिन्न क्षेत्रमा उद्धार कार्य जारी



 
नेपाली सेनाले मनाङ्ग तथा मुस्ताङ्ग जिल्लाका बिभिन्न स्थानमा हिमपातका कारण फसेका पदयात्रीहरुको उद्धार कार्यलाई निरन्तराता दिएको छ।
 
मनाङ जिल्लामा खट्टिएको नेपाली सेनाको अल्पाइन रेश्क्यु टिमले जिल्लाको ट्यांङकी मनाङ्ग ईलाकाबाट १ जना घाईते डच नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
 
त्यसैगरीे मनाङ्गको थोरोङ्गफेदी इलाकाबाट १ घाईते नेपालीको सकुशल उद्धार गरी हेलिकप्टरद्धारा चाम ल्याईएको बताएको छ। यस्तै मनाङ्गको फु गा.वि.समा फसेका २ भारतीय नागरिकको शव फेला परेको छ। 
 
त्यसैगरी मनाङ्गको लेदर र थोराफेदीको बिचमा हराईरहेका एक भारतीय मुलका क्यानेडेली नागरिक, मनाङ्गको नारबाट हराइरहेको तीन नेपाली, मनाङ्गकै फु गा.वि.सबाट एक–एक  भारतीय र क्यानेडेली नागरिकको खोजी जारी राखेको सेनाले जनाएको छ।

Comments

Popular Posts