घण्टाघरबाट झरेर एक महिलाको रहस्यमय तरिकाले मृत्यु



धरानको घण्टाघरको माथिल्लो तलाबाट झरेर एक महिलाको आइतबार अपरान्ह रहस्यमय तरिकाले मृत्यु भएको छ।
कोशीहरैचा १४ मोरङकी २१ वर्षीया हेमन्ती मगरको रहस्यमय तरिकाले घण्टाघरबाट माथिबाट झरेर मृत्यु भएको हो। घण्टाघरको उत्तर तर्फको भागबाट झरेकी मगरको टाउको फुटेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हेमन्ती झण्डै ५२ फिट उचाईबाट तल झरेको घण्टाघर व्यवस्थापन समितिका संयोजक मनोजकुमार मेन्याग्बोले बताए। घण्टाघरको उचाई ५७ फिट हो। धरान हेर्नका लागि भ्यु टावरको रुपमा निर्मित स्थानबाट ती महिला खसेको प्रहरीको प्रारम्भिक अनुमान छ।
मृतक मगरको श्रीमान टोमबहादुर मगरसहित तीनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ कोशीहरैचा २ का १९ वर्षीय विजय राई, मोरङ पथरी ४ का शुक्रराज लिम्बू र धनकुटा भिरगाउँ २ की सम्झना तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले बताए।
प्रहरीले पनि यो घटनालाई आत्महत्या हो या हत्या भनेर प्रष्ट भनिसकेको अवस्था छैन्। उनी झर्दा दोस्रो तलाको झ्याल केही कुच्चिएको छ भने पहिलो तलाको झ्याल पूर्णरुपमा क्षति पुगेको छ। अनुसन्धानका क्रममा रहेकाले पनि घटना बारे चाडै नै जानकारी दिने प्रहरीले जनाएको छ।

Comments

Popular Posts